Skip to content
LAXMI SUNRISE BANK

एकाएक प्रधानमन्त्रीले दिए राजीनामा, राष्ट्रपतिद्वारा नयाँ सरकारको घोषणा

अर्थ सरोकार

मालीमा राष्ट्रपतीय निर्वाचनको तयारी हुँदै गर्दा राष्ट्रपति इब्राहिम बोउबाकर केइटाले पूरानो मन्त्रीमण्डलका ३६ सदस्यसहित नयाँ सरकारको घोषणा गरेका छन् । मन्त्रीमण्डलले छ नयाँ अनुहार पाएको बताइएको छ ।
इश्लामिक जिहादी समूहको तर्फबाट खतरा महशुस गरेका केइटाले प्रधानमन्त्रीमा आफू निकट व्यक्तिलाई ल्याएका बताइएको छ । नयाँ प्रधानमन्त्रीमा सुमेलोउ बाउबेय माइगा चयन गरिएको छ । उनले रक्षामन्त्री रहेको समय सन् २०१४ मा मालीको सेनाले जिहादी विद्रोहीसँग नराम्रो पराजय ब्यहोरेपछि पदबाट राजिनामा दिएका थिए।
आइतबार घोषणा भएको मन्त्रीमण्डलमा व्यापक हेरफेर भएको बताइएको छ । मालीका प्रधानमन्त्रीबाट सुमेलोउ बाउबेय माइगाले गत शुक्रबार अनपेक्षित रूपमा राजिनामा दिएका थिए ।
केही महिनापछि राष्ट्रपतिको निर्वाचन हुने तयारी भइरहेका समय प्रधानमन्त्री माइगाले कुनै कारण नखुलाई राजिनामा दिएका थिए ।
यसैबीच उता प्यालेस्टाइनले अमेरिकाबाट आफ्ना राजदूतलाई फिर्ता बोलाएको छ । अमेरिकाले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएपछि प्यालेस्टाइनले राजदूत फिर्ता बोलाएको हो ।
प्यालेस्टायनी विदेश मन्त्री रियाद अल मलिकीले राजदूत हुसम जोमलोटसँग परामर्श गर्नुपर्ने भएकाले अमेरिकाबाट फिर्ता बोलाइएको बताएका छन् ।
प्यालेस्टाइनका राष्ट्रपति मेहमुद अब्बासले अमेरिकाले जेरुसेलमलाई इजरायलको राजधानीको मान्यता दिएपछि उसका कुनै पनि शान्ति योजनालाई स्वीकार नगर्ने बताएका छन् ।
तर संयुक्त राष्ट्र संघले भने अमेरिकाको निर्णयलाई अस्वीकार गरिदिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणापछि गाजापट्टीमा भएका कयौं झडपमा १३ जना प्यालेस्टाइनीको मृत्यु भएको थियो ।
इजरायली सुरक्षा फौजसँग भएको झडपका क्रममा उनीहरुको मृत्यु भएको थियो ।(एजेन्सी)
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK