×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एन आई सी एशिया बैंकको मुख्य प्रायोजन रहेको टिम विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग टी–२० को बिजेता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

एन आई सी एशिया बैंकको मुख्य प्रायोजन रहेको टिम विराटनगर वारियर्स एभरेष्ट प्रिमियर लिग टी–२० को बिजेता

१७ पुष २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – निजी क्षेत्रबाट आयोजना भएका खेलमा सबैभन्दा ठूलो पुरस्कार राशी भएको मानिएको “एभरेष्ट प्रिमियर लिग टी–२०” क्रिकेट प्रतियोगिता (ईपीएल) को उपाधि एन आई सी एशिया बैंकले मुख्य प्रायोजन गरेको विराटनगर वारियर्सले हात पार्न सफल भएको छ । विराटनगरले जितसँगै ट्रफी र नगद रू. २१ लाख पुरस्कार प्राप्त गरेको छ । साथै, उक्त प्रतियोगिताको म्यान अफ दि सिरिजको पुरस्कार समेत सर्वाधिक रन बनाउन सफल विराटनगर वारियर्सकै बाबर हायातले हात पारेका छन् । उतm प्रतियोगिता अवधिभर बनेको कुल १४ अर्धशतकमा बाबरले ७ खेलमा ३ अर्धशतक प्रहार गर्दै कुल ३ सय १३ रन बनाएका थिए ।
कीर्तिपुरस्थित त्रि.वि. क्रिकेट मैदानमा पुस ३ गते देखि सञ्चालन भई शनिबार उपाधिका लागि भएको विराटनगर वारियर्स र भैरहवा ग्लाडियटर्स बीचको फाईनल खेलमा विराटनगर वारियर्सले १ रनको रोमाञ्चक जित हात पारी उपाधि कब्जा गर्न सफल भएको हो ।
एन आई सी एशिया बैंकले स्थानीय खेलाडीहरुलाई अवसर प्रदान गर्न तथा खेलकुद क्षेत्रबाट पनि देशका लागि महत्वपूर्ण योगदान पुगोस् भन्ने उद्देश्यले यस पटक विराटनगर वारियर्सका लागि मुख्य प्रायोजन गरेको जानकारी दिएको छ । नेपालको खेल क्षेत्रको विकाशका लागी यो मुख्य प्रायोजन एक उदाहरणीय कदम भएको, साथै बैंकले खेल क्षेत्रमा अझ उल्लेखनिय योगदान गर्दै अगाडी बढने लक्ष्य लिएको छ । 
आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गत,स्वास्थ्य, शिक्षा, वातावरण, समाजमा पिछडिएका, गरीब, असहाय, उत्पीडित वर्ग र जनतालाई सहयोग पु¥याउन छात्रवृत्ति, अनाथाश्रम तथा वृद्धाश्रमलाई आर्थिक सहयोग, दुर्गम र पिछडिएको क्षेत्रमा स्वास्थ्य शिविर सञ्चालन जस्ता महत्वपूर्ण कार्यक्रमहरु गर्दै आइरहेको बैंकले जानकारीे दिएको छ ।
साथै, दैवीप्रकोपबाट प्रभावित जनतालाई राहत वितरण, ऐतिहासिक एवम् सांस्कृतिक महत्वका मठमन्दिरको जीर्णोद्धार, ग्रामीण बाटो निर्माण एवम् पूर्वाधार निर्माणजस्ता कार्यमा उदाहरणीय रूपमा सहयोग गरेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी