×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वीरगन्जबाट आयो प्रचण्डको हात काट्ने धम्की, बुधबारबाटै माकेका कार्यकर्तालाई लखेट्ने घोषणा

PRIME CA

वीरगन्जबाट आयो प्रचण्डको हात काट्ने धम्की, बुधबारबाटै माकेका कार्यकर्तालाई लखेट्ने घोषणा

अर्थ सरोकार

१२ पुष २०७४, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – माओवादी केन्द्र र नेकपा एमालेबीच एकीकरणको कुरा भइरहेका बेला माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको हात काट्ने धम्की आएको छ । संघीय समाजवादी फोरम नेपालले प्रचण्डको हात काटिदिने धम्की दिएको हो । फोरमा नेपालले प्रचण्डविरुद्ध मंगलबार वीरगन्जमा प्रदर्शन समेत गरेको छ ।
प्रचण्डले पर्साको ठोरीलाई प्रदेश नम्बर–३ मा गाच्ने अभिव्यक्ति दिएको भन्दै विरोधमा संघीय फोरमले प्रदर्शन गरेको छ । चितवन–३ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित प्रचण्डले ठोरीमा मंगलबार भएको सभालाई सम्बोधन गर्दै माडीसँगै जोडिएको विकट ठोरीलाई प्रशासनिक सुगमतालाई मध्यनजर गर्दै प्रदेश–३ मा गाभ्न सकिने विचार व्यक्त गरेका थिए । विरोधपघि घण्टाघर चोकमा भएको सभालाई सम्बोधन गर्दै फोरमका पर्सा उपाध्यक्ष सुन्दर कुर्मीले ठोरीलाई प्रदेश–२ बाट अलग गरेर ३ मा गाभ्ने अभिव्यक्ति दिनेको हाट काटिदिने धम्की दिए ।
उता ठोरीकै जनता भने विगत लामो समयदेखि चितवनमा गाभिनुपर्ने माग गर्दै आन्दोलनमा छन् । साविकको ठोरी, निर्मलवस्ती र सुर्वणपुर गाविस मिलाएर हाल ठोरी गाउँपालिका बनेको छ । माओवादी केन्द्र पर्साले प्रचण्डलाई दिएको धम्कीप्रति अपत्ति जनाउँदै हात दही जमाएर नबस्ने चेतावनी दिएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: