×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गाडीमा बालश्रमिक प्रयोग नगर्नू भन्दा सरकारलाई व्यवसायीले भने, ‘त्यसो भए भाडा बढाउनु पर्यो’

PRIME CA

गाडीमा बालश्रमिक प्रयोग नगर्नू भन्दा सरकारलाई व्यवसायीले भने, ‘त्यसो भए भाडा बढाउनु पर्यो’

११ पुष २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ- केहि समयभित्रै सार्वजनिक यातायातको भाडा बढ्ने भएको छ । सार्वजनिक सवारीको भाडा बढाउन यातायात व्यवसायीले सरकारमाथि दबाव बढाएसँगै भाडा बढ्ने भएको हो ।  केहि समयअगाडी पेट्रोलको मूल्य बढेको थियो । 
मंगलबार यातायात व्यवस्था विभागमा सार्वजनिक सवारीमा बालश्रमिक प्रयोग रोक्नेबारे भएको छलफल कार्यक्रममा पुगेका नेपाल राष्ट्रिय यातायात व्यवसायी महासंघका महासचिव सरोज सिटौलाले भाडा नबढेसम्म सरकारले आयोजना गर्ने सबै कार्यक्रम र बैठक बहिस्कार गर्ने बताउँदै बैठकस्थलबाट निस्किएका छन्  । 
यता व्यवसायीले सार्वजनिक यातायातमा कन्डक्टरका रुपमा रहेका बाल श्रमिक हटाउनेजस्तो महत्वपूर्णमा मुद्दालाई भाडा बढाउने अडानमा लगेर बार्गेनिङ थालेका छन् । काठमाडौंमा झण्डै ४ सय बालश्रमिकरु सार्वजनिक सवारीमा काम गरिरहेको तथ्यांक सरकारसँग छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: