×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमालेमा गयो पहिरोः नेता शाहीसहित ११३ जनाले गरे पार्टी परित्याग, भोट किन्‍न दिएको रुपैयाँ फिर्ता

PRIME CA

एमालेमा गयो पहिरोः नेता शाहीसहित ११३ जनाले गरे पार्टी परित्याग, भोट किन्‍न दिएको रुपैयाँ फिर्ता

११ पुष २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

दैलेख – गत मंसिरमा भएको निर्वाचनपछि नेकपा एमालेभित्र तीव्र असन्तुष्टी बढेको छ । निर्वाचन जित्नको लागि गरिएका अनैतिक क्रियाकलापहरुप्रति असहमति जनाउँदै जिल्ला जिल्लामा विद्रोह भएको छ ।
चुनावमा माओवादी केन्द्रसँग गरेको तालमेलप्रति असहमती जनाउँदै अाएका जिल्ला नेता कर्णबहादुर शाहीको नेतृत्वमा विद्रोह भएको हो । जिल्लाको महाबु नगरपालिकाका इमान्दार नेता शाहीले विगत २१ वर्षदेखि एमालेको नेतृत्व गर्दै अाएका थिए ।
एमाले र माकेले समाजवादका नारा दिएपनि नीति र व्यवहार त्यस्तो नभएको भन्दै नेता शाहीले कार्यकर्ताको ठूलो टीम सहित क्रान्तिकारी माओवादीमा प्रवेश गरेका छन् ।
युवा नेता मोहन शाही र उनीसंग ११३ जनाले संयुक्त रुपमा एमाले परित्याग गरेका छन् । विद्रोह गरेका शाहीले चुनावमा मतदाताको लागि खर्च गर्न भनि दिएको दश हजार रुपैयाँ समेत फिर्ता गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: