×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सांसद सिलवाललाई पक्राउ गर्ने हल्लाले केपी ओली तनाबमा

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सांसद सिलवाललाई पक्राउ गर्ने हल्लाले केपी ओली तनाबमा

Artha Sarokar

९ पुष २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – हालै सम्पन्न निर्वाचनबाट भएका नब निर्वाचित सांसद नवराज सिलवाललाई पक्राउ गरिने हल्लाले तामझामका साथ एमाले प्रवेश गराउने अध्यक्ष केपी शर्मा ओलीलाई तनाब भएको छ । अध्यक्ष ओलीलाई एकातिर माओवादीसंगको एकतालाई तत्काल टुंग्याउनुपर्ने छ भने अर्को तिर सिलवाल काण्ड रहेको छ । यसले ओलीलाई थप धपेडी परेको छ ।
एमालेको कार्यकर्ता, नेता केही पनि नबन्दै एकै पटकमा सांसद बनेका सिलवाल पक्राउ पर्ने भएपछि एमालेका अरु नेताहरुलाई भन्दा पनि अध्यक्ष ओलीलाई तनाब हुनु स्वाभाविकै हो ।
अहिले प्रहरीको फरार सुचिमा रहेका सिलवाललाई पक्राउ गर्नको लागि प्रहरी प्रलिचालन गरिएको बताइएको छ । यद्दपी उनि भने एमाले अध्यक्ष ओलीको संरक्षणमा उपत्यकामै बस्दै आएका छन् ।
अहिले सांसद रेशम चौधरी र नवराज सिलवाललाइ प्रहरीले पक्राउ गर्ने बिषयले खुब चर्चा पाएको छ । नव निर्वाचित दुवै जना सांसद अर्ध भूमिगत शैलीमा बस्दै आएका छन् । सिलवाल काठमाडौँमै र चौधरी हाल पनि इण्डियामा चौकीदारी गरिरहेका छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी