×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

निधिले गरे जनादेशको अपमान भने, ‘काँग्रेसले जित्दा मुलुकको हित हुने र कम्युनिष्टले जित्दा मुलुकमा ठुलै खतरा’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

निधिले गरे जनादेशको अपमान भने, ‘काँग्रेसले जित्दा मुलुकको हित हुने र कम्युनिष्टले जित्दा मुलुकमा ठुलै खतरा’

६ पुष २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

जनकपुर – नेपाली कांग्रेसका नेता तथा पूर्वमन्त्री बिमलेन्द्र निधिले जनादेशको अपमान गर्दै चुनावमा वामपन्थी शक्तिहरुको जितले मुलुकमा कम्युनिष्ट अधिनायकवादको खतरा बढेको भन्दै यस्तो टिप्पणी गरेका छन्।
काँग्रेसले जित्दा मुलुकको हितमा हुने र कम्युनिष्टले जित्दा मुलुकमा ठुलै खतरा उत्पन्न हुने भन्दै निधिले गरेको त्यस प्रकारको टिप्पणीले जनादेशको अपमान भएको छ ।
बिहीबार जनकपुरमा रामनारायण मिश्रको श्रद्धाञ्जलिसभालाई सम्बोधन गर्दै नेता निधिले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको चुनावमा हासिल गरेको जित र उनीहरुको पछिल्लो अभिव्यक्तिले मुलुकमा अधिनायकबाद हावी हुन् लागेको बताए ।
निधिले चीनमा दल र मुलुक एउटै भएको सोच रहेको र उनीहरु त्यही आधारमा सम्बन्ध तथा सिद्धान्तहरु विस्तार गर्न थालेको दाबी गरेका छन् ।
जनाताले आफ्नो मत प्रकट गरी जन प्रतिनिधि चुन्न पाउने अधिकार रहेको मुलुकमा जनताले नै वामपन्थी शक्तिलाइ जिताएको परिवेशमा आएको निधिको यस प्रकारको गैरजिम्मेवार अभिव्यक्तिले उसले भनेको लोकतान्त्रको नै खिल्ली उडाईदिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी