×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेता कृष्णबहादुर महराले पार्टी एकतामा जनाए असहमति, किन ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेता कृष्णबहादुर महराले पार्टी एकतामा जनाए असहमति, किन ?

४ पुष २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता कृष्णबहादुर महराले माओबादी र एमाले पार्टीको एकताबारे असहमति जनाएका छन् । उनले बमगठबन्धन चुनावी तालमेल मात्रै भएको भन्दै पार्टी एकता जटिल हुने बताए ।
सोमबार बसेको केन्द्रीय कार्यालयको बैठकमा बोल्दै महराले उक्त असहमति जाहेर गरेका हुन् । बैठकमा महराले पार्टी एकताको अाधार सैद्धान्तिक अाधार तयार नभएको बताउँदै हतार गर्न नहुने बताएको छ । महराले केही दिनदेखि अहिलेकै अवस्थामा एमालेसँग एकता भए माओवादी केन्द्रको विलय हुने भन्दै केही नेताहरुसँग छलफल गरिरहेका छन् ।
बैठकमा महराको तर्कसँग असहमित जनाउँदै नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, वर्षमान पुन, देव गुरुङ लगायत नेताहरुले पार्टी एकता जनअनुमोदन भइसकेको बताए । उनीहरुले पार्टी एकतालाई अगाडि बढाउनु पर्ने तर्क गरेका थिए ।
पार्टी एकता र सरकार निर्माणबारे एमालेसँग गम्भीर छलफल भइरहको बताउँदै विरुद्धमा नबोल्न पार्टी अध्यक्ष प्रचण्डले निर्देशन दिएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी