×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सयौँलाई ठगी भारतीय नागरिक बेपत्ता

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

सयौँलाई ठगी भारतीय नागरिक बेपत्ता

Artha Sarokar

३ पुष २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पोखरा – पोखराको सिर्जनाचोकमा अक्सिजन ट्रेडर्सको नामबाट व्यापार गर्दै आएका एक भारतीय नागरिकले सयौँ ग्राहकलाई ठगेर बेपत्ता भएका छन् ।
ब्यापारी  राजेन्द्र थेङ्वेलले सस्तो मूल्यमा इलेक्ट्रोनिक्स तथा फर्निचरलगायतका सामान उपलब्ध गराइदिन्छु भन्दै अग्रिम भुक्तानी लिएका थिए । ग्राहकहरु समान लिन आउदा ब्यापारी नपाएपछि ग्राहकहरु विचल्लीमा परेका हुन् । बजार मूल्यभन्दा ३० प्रतिशत सस्तोमा उपलब्ध गराउने आश देखाएर ग्राहकले रु एक लाखदेखि रु एक लाख ५० हजारसम्म रकम अग्रिम भुक्तानी गरेका र सोमबार सबैलाई तोकिएका सामान उपलब्ध गराउने भनेकाले पसलमा आउँदा बन्द देखेपछि सबै आश्चर्यचकित भएका थिए ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक खड्गबहादुर खत्रीले अक्सिजन ट्रेडर्सका मालिक राजेन्द्रले ग्राहकलाई ठगेर बेपत्ता भएको उजुरी कार्यालयमा परेको र निजको खोजी कार्य भइरहेको जानकारी गराउनुभयो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी