×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

दोलखामा किन लगाइदिए वडाअध्यक्षले हाकिमको अफिसमा ताला ?

PRIME CA

दोलखामा किन लगाइदिए वडाअध्यक्षले हाकिमको अफिसमा ताला ?

अर्थ सरोकार

३ पुष २०७४, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – दोलखामा कर्मचारी सरुवामा मनपरी गरेको भन्दै एक वडाध्यक्षले नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका छन् ।
दोलखाको भीमेश्वर नगरपािलकाका वडा नं ३ का वडाध्यक्ष हरिशरण शिवाकोटीले वडा कार्यालयको कर्मचारी सचिवलाई आफ्नो सहमतिविपरीत सरुवा गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाइदिएका हुन् ।
वडाध्यक्ष शिवाकोटीले वडाका सचिव भीमबहादुर बस्नेतलाई आफ्नो सहमतिविपरीत नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत शंकर नेपालले सरुवा गरेपछि कार्यालयमा ताला लगाइदिएको बताए ।
भीमेश्वर नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत शंकर नेपालले वडालाई पत्र लेख्दै वडा सचिव भीमबहादुर बस्नेतलाई वडा नं ३ बाट ५ मा कामकाजका लागि खटाइएको भन्दै सरुवा गरेर सहायकस्तर पाँचौँका लक्ष्मी कार्कीलाइ वडा नं ३ मा सरुवा गरेपछि भीमेश्वर नगरपालिकामा कर्मचारी सरुवा विवाद शुरु भएको हो ।
अधिकृत नेपाल कर्मचारीको सरुवाका विषयमा विवाद बढ्न थालेपछि काठमाडौँ गएको नगरपालिकाका कर्मचारी बताउँछन् । अधिकृत नेपालले जिविसमा रहँदा झोला, फर्निचर, अन्य जिविसका सामग्री, मोटरसाइकल खरिदलगायतमा व्यापक घोटाला गरेको जिविसका कर्मचारीले नै आरोप लगाउने गरेका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: