- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको दोश्रो दिन सोमबार सुनको मूल्य स्थिर रहेको छ । आइतबार प्रति तोला ५४ हजार ३ सयमा कारोबार भईरहेको छापावाला सुन आज स्थिर रहेर सोहि मुल्यमा कारोबार भइ रहेको छ ।
यस्तै गरि चाँदीको मूल्यमा ५ रुपियाँले बढेर प्रति तोला ७ सय १५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सोमबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४६ हजार ५ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय १७ रुपैयाँ ५ पैसा कायम गरेको छ।