Skip to content
LAXMI SUNRISE BANK

सिंहदरबारबाटै गाडीको टायर चोरी भएपछि भयो हंगामा

अर्थ सरोकार

काठमाडौं – सिंहदरबार भित्रबाट नै टोयटा हाइलक्स गाडीका चारवटै टायर चोरी भएको छ । स्थानीय विकास मन्त्रालयको सस्पेन्सन ब्रिज शाखाको बा १ झ २९२७ नम्बरको गाडीका टायर चोरी भएपछि मन्त्रालयमै हंगामा सुरू भएकाे छ ।
शुक्रबार शाखाका प्रमुख गुरुप्रसाद शर्मालाई गाडीका चालक श्रीकृष्ण श्रेष्ठले घर पुर्‍याएर सिंहदरबारभित्रै पार्किङ गरेका थिए । तर, आइतबार आउँदा गाडीका चार वटै टायर चोरी भएको पाइएको छ । 
आइतबार विहान प्रमुख शर्मालाई लिनका लागि पार्किङमा आइपुग्दा टायर चोरी भएको भेटेपछि उनले प्रहरीलाई खबर गरेका थिए । उक्त चोरी भएको एउटा टायरको मूल्य ५० देखि ६० हजारसम्म पर्ने बताइएको छ । घटनाका बारेमा प्रहरीले थप अनुसान्धान गरिरहेको छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK