×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

जनसेवी लघुवित्तले सर्वसाधारणमा दुई करोड ९४ लाख बरावरको सेयर जारी गर्दै

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

जनसेवी लघुवित्तले सर्वसाधारणमा दुई करोड ९४ लाख बरावरको सेयर जारी गर्दै

२ पुष २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कुश्मा – पर्वतको कुश्मामा केन्द्रिय कार्यलय रहेकोे जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेडले दुइ करोड ९४ लाख रुपैयाँ बरावरको साधारण सेयर निष्कासन गर्ने भएको छ । 
पर्वत सदरमुकाम कुश्मामा शनिवार सम्पन्न लघुवित्तको दोस्रो साधारण सभाले सर्वसाधारणमा सो रकम वरावरको दुई लाख ९४ हजार कित्ता सेयर जारि गर्ने निर्णय गरेको हो ।
नेपाल राष्ट्रबैंक बाट ̎घ” बर्गको इजाजत प्राप्त दश जिल्ला कार्यक्षेत्र भएको लघुवित्तले २०७० असोज बाट कारोवार सुरु गरेको थियो । रुकुम , रोल्पा ,पर्वत , बाग्लुङ, म्याग्दी, गुल्मी, कास्की, लमजुंङ, तनहुँ, गोर्खा का विभिन्न १८ स्थानबाट वित्तिय सेवा प्रबाह गरिरहेको लघुवित्तको हाल चार करोड ९० लाख रुपैयाँ चुक्ता पुँजी रहेको छ ।
साधारण सभाबाट यसै बर्ष १–१ को अनुपातमा संथपक हकप्रद सेयर जारी गरी चुक्ता पुँजी नौ करोड ८० लाख रुपैया पुग्ने गरी प्रवन्ध पत्र र नियमावली सम्सोधन गर्ने गरी निर्णय समेत गरेको छ । सो प्रकृया पश्चात सर्वसाधारणमा ३० प्रतिशत साधारण सेयर जारी गर्नेनिर्णय भएको लघुवित्तका अध्यक्ष विकास गौचनले जानाकारी दिनुभयो । 
स्थापनाको छोटो समयमानै विभिन्न कोषको अवस्थालाई मजबुत बनाउदै लगेको लघुवित्तले यसै वर्ष देखि थप ५ जिल्लाकार्य क्षेत्र बनाई निकट भविष्यमा नै राष्ट्रियस्तरको लघुवित्तकोरुपमा स्थापित गर्ने उद्देष्य रहेको पनि गौचनले बताउनुभयो ।
पुर्व प्रमुख निर्वाचन आयुक्त नीलकष्ठ उप्रेती, जिल्ला समन्वय समितिका संयोजक मनोहर वि पौडेल र संस्थाका अध्यक्ष गौचनले संयूक्तरुपमा उद्घाटन गर्नुभएको साधारण सभा बाट आर्थिक वर्ष ०७३÷७४ को आय ब्यय पारित, लेखा परिक्षक नियुक्ति , लगायतका निर्णय गरेको थियो । 
साधारण सभामा प्रमुख अतिथी निलकण्ठ उप्रेतीले अत्यन्त विषम परिस्थितीमा स्थापना गरिएको लघुवित्तले छोटो समयमा नै प्रभावकारी वित्तिय सेवा प्रबाहगरि राष्ट्रियस्तरमा नै आँफुलाई चिनाउन सक्षम भएको बताए । देशमा संक्रमणकालको अन्य भई अव आर्थिक समृद्धीका मुद्धाले प्राथमिकता पाउने समय भएकोले अव पुँजी बजारको विकास गरी समृद्धीको ढोका खोल्न यि र यस्तै अभियानको आवश्यकता भएको बताए । साधारण सभामा जिल्ला समन्वय समितिका संयोजक तथा शेयर सदस्य मनोहर वि पौडेल, शेयर धनिका तर्फ बाट चन्द्र बहादुर क्षेत्री, गणेश पौडेल, हेमराज सापकोटा, लगायतले बोल्नुभएको थियो । 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी