×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यी हुन् यो वर्ष युट्युबमा सबैभन्दा धेरै कमाइ गर्ने सेलिब्रेटीहरु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

यी हुन् यो वर्ष युट्युबमा सबैभन्दा धेरै कमाइ गर्ने सेलिब्रेटीहरु

१ पुष २०७४, शनिबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

दैनिक करोडौँ मानिसले हेर्ने अर्ब भन्दा धेरै प्रयोगकर्ता भएको भिडियो स्ट्रिमिङ्ग साइट युट्युब गुगलका लागि मात्र होइन, दुनियाँमा धेरै मानिसहरुका लागि मोटो रकम कमाउने माध्यम बनेको छ । यो वर्ष सन् २०१७ मा युट्युबबाट सबैभन्दा धेरै आर्जन गर्ने सेलिब्रेटीहरु यी हुन्ः
१. डानियल मिडल्टन (DanTDM): बेलायती मिनिक्राफ्ट प्लेयर डानियलले यो वर्ष युट्युबबाट १ करोड ६५ लाख अमेरिकी डलर आर्जन गरेका छन् । सन् २०१२ मा उनको युट्युब च्यानल लञ्च भएयता उनको च्यानलमा ११ अर्ब भ्यूज पुगिसकेको छ ।
२. इभान फोंग (VanossGaming): फोंगले यो वर्ष युट्युब च्यानलमार्फत १ करोड ५५ लाख डलर कमाई गरेका छन् । उनी आफ्नो युट्युब च्यानलमा अत्यधिक लोकप्रिय गेमहरु जस्तै ग्राण्ड थेप्ट अटो तथा कल अफ ड्युटी जस्ता गेमहरु प्रस्तुत गरी कमाई गर्दछन् ।
३.Dude Perfect: ५ जना साथीहरु र उनीहरुको पाण्डा भेषको अर्को साथीले विभिन्न स्टन्ट तथा मुर्ख ट्रिक देखाउने यो च्यानलबाट यो वर्ष १ करोड ४० लाख डलर कमाई गरेका छन् ।
४. मार्क फिसबाच (Markiplier): यी गेमरको युट्युब च्यानलमा १ करोड ९० लाख सब्सक्राइबर छन् । उनले यस वर्ष युट्युब च्यानलमार्फत १ करोड २५ लाख आर्जन गरिसकेका छन् ।
५. लोगान पाउल: यी भिडियो ब्लगरले यस वर्ष युट्युबबाटै १ करोड २५ लाख डलर कमाई गरेका छन् ।
६. फेलिक्स जेलबर्ग (PewDiePie): यी युट्युब गेमर्सले यस वर्ष युट्युबबाट १ करोड २० लाख कमाई गरेका छन् ।
७. ज्याक पाउल: यी भिडियो ब्लगरले यस वर्ष १ करोड १५ लाख डलर आर्जन गरेका छन् युट्युबबाटै । यी पूर्व डिज्ने च्यानल स्टारसँग अहिले आफ्नो आफ्नै डिजिटल ट्यालेन्ट म्यानेजमेन्ट कम्पनी पनि छ ।
८.स्मोश: एन्थोनी प्याडिल्ला र इयान हेकोक्सको यो व्यंग्यात्मक युट्युब च्यानलले यस वर्ष १ करोड १० लाख डलर कमाई गरेको छ ।
९. रायन टोयज रिभ्यू: प्राथमिक विद्यालयमा पढ्ने रायन नामका बालकको यो युट्युब च्यानलले यस वर्ष १ करोड १० लाख कमाई गरेको छ । यिनले आफ्नो युट्युब च्यानलमा बच्चाका खेलौनाको बारेमा विश्लेषण गर्ने गर्दछन् ।
१०. लिली सिंह: यी व्यंग्यकारले गत वर्ष युट्युबबाट १ करोड ५ लाख डलर आर्जन गरेकी छिन् ।
फोब्र्स म्यागेजिनबाट
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी