×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

गरे के हुँदैन र ? रसुवामा मात्रै बार्षिक पाँच करोडको चिज उत्पादन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

गरे के हुँदैन र ? रसुवामा मात्रै बार्षिक पाँच करोडको चिज उत्पादन

Artha Sarokar

२९ मंसिर २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम


रसुवा – गोसाइँकुण्ड धार्मिकमार्गको चन्दनबारीलगायत हिमाली भेगका चार स्थानमा रु पाँच करोडभन्दा बढीको चिज (याक)उत्पादन भएको छ ।
हिमाली भेगमा पर्ने  चन्दनबारी, गत्लाङ, लाङटाङ र धुन्चे केन्द्रबाट यस आर्थिक वर्षको गत याममा ३३ हजार ८८२ किलो चिज र ११ हजार ४१४ किलो मखन उत्पादन भएको बारे दुग्ध विकास संस्थानका अभिलेख सहायक शिव दाहालले बताएका छन् । विगत वर्षको तुलनामा उत्पादनमा वृद्धि हुँदै गएको छ ।
उपभोक्ताको माग बढ्दै गए अनुसार चिजको उत्पादन पनि बदाउदै लागेका छौ  । गत वैशाखदेखि कात्तिक १५ गतेसम्ममा करिब रु पाँच करोड ९० लाख ४७ हजार बराबरको चिज उत्पादन भएको छ ।  लाङटाङमा उत्पादित चिज स्थानीयस्तरमै खपत हुन्छ ।

अन्य क्षेत्रको चिज काठमाडौँस्थित दुग्ध विकास संस्थानको केन्द्रीय भण्डारण लैनचौरमार्फत बिक्री–वितरण हुने गरेको चन्दनबारी केन्द्रका प्रमुख क्षेत्रबहादुर तामाङले जानकारी दिए  ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी