×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

घुस लिँदै गर्दा देवराज काफ्ले पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

घुस लिँदै गर्दा देवराज काफ्ले पक्राउ

२८ मंसिर २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

भक्तपुर – भक्तपुर जिल्ला मालपोत कार्यालयबाट घुस लिँदै गर्दा नायब सुब्बा देवराज काफ्ले पक्राउ परेको छ । रजिस्ट्रेसन फाँटमा कार्यरत काफ्लेलाई रु एक लाख घुस लिँदै गर्दा बिहिबार दिउँसो अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
सुर्यबिनायक नगरपालिका नङ्खेलको जग्गा पास गर्न डोर खटाउने क्रममा आवश्यक दस्तुर रु १५ हजार बुझाइसकेपछि पनि थप रु एक लाख घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको टोलीले पक्राउ गरेको हो । टोलीले थप अनुसन्धान जारी राखेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी