×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘मन्त्रीको जिम्मा आरजुलाई होइन्, पार्टीलाई दिन्छु’ : नारदमुनी राना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘मन्त्रीको जिम्मा आरजुलाई होइन्, पार्टीलाई दिन्छु’ : नारदमुनी राना

२८ मंसिर २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – कैलाल -५ बाट प्रतिनिधि सभामा निर्वाचित एमालेका वैकल्पिक केन्द्रीय सदस्य नारदमुनी रानाले आफू सरकारमा गएर मन्त्री बन्ने विषय पार्टीको हातमा रहेको टिप्पणी गरेका छन् ।
रानासँग पराजित भए पछि  देउवाकी पत्नी आरजु राणाले उनलाई मन्त्री बनाउन आफूले पहल गर्ने बताएकी थिइन् । रानाले मन्त्री पदको जिम्मा आरजुका हातमा नभएको र पार्टीले जे गर्छ त्यही अनुसार चल्ने बताए ।
बिहीबार धनगढीमा भएको पत्रकार सम्मेलनमा रानाले आफूलाई निर्वाचित गराउन भूमिका खेल्ने सबैलाई धन्यवाद दिँदै चुनावका बेला गरेका बाचाहरु पाँच वर्षभित्र प्राथमिकताका आधारमा पूरा गर्दै जाने बताए । र सात नम्बर प्रदेशको राजधानी धनगढीदेखि अत्तरीयाको बीचमा जहाँ भए पनि उपयुक्त हुने बताए । साथै कैलाली सदरमु्काम धनगढीसँग सीमा जोडिएको गौरिफन्टा नाकालाई व्यवस्थित गर्न आफूले केन्द्रीय स्तरबाट पहल गर्ने बताए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी