Skip to content
LAXMI SUNRISE BANK

२५ हजार घूस लिंदालिँदै विद्युत प्राधिकरणका कर्मचारी अख्तियारको फन्दामा, घुस दिनेलाई भने, ‘पख्लास् तँलाई !’

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
नेपाल विद्युत प्राधिकरणका कर्मचारी घुस लिंदालिंदै पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग पश्चिमाञ्चल क्षेत्रीय कार्यालयको टोलीले नेपाल विद्युत् प्राधिकरण तथा ग्राहक सेवा वितरण केन्द्र मालेपाटनका एक कर्मचारीलाई रु २५ हजार घूससहित रङ्गेहात पक्राउ गरेको हो । ग्राहकको थ्री फेजको लाइन जोड्नका लागि रु २५ हजार घूस मागेपछि अख्तियारको टोली कार्यालयमा पुगेर छापा हानेको थियो ।
सोहि क्रममा चौथो तहका इलेक्ट्रिक फोरम्यान ईश्वरप्रसाद सुवेदीलाई पक्राउ परेका हुन् । ‘नीजलाई पक्राउ गरेका छौं । थप अनुसन्धान भइरहेको छ ।’ कार्यालयका प्रवक्ता रमेश ढकालले अर्थ सरोकार डटकमसँग भने, ‘हामीले पाएको सूचनाका आधारमा त्यहाँ पुग्दा घुस लिइरहेको भेटेपछि पक्राउ गरेका छौं ।’
यता पक्राउ परेका सुवेदीले भने अख्तियारलाई खबर गरेको भन्दै ‘पख्लास् तँलाई भन्दै घुस लिएको भन्दै उजुरी गर्नेलाई चेतावनी दिएका छन् ।
Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK