×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

देउवा जाने क्रममा कस-कसलाई बनाउँदैछ प्रदेश प्रमुख

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

देउवा जाने क्रममा कस-कसलाई बनाउँदैछ प्रदेश प्रमुख

Artha Sarokar

२६ मंसिर २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  – प्रदेशका सदस्यको निर्वाचन परिणाम आएको एकमहिना भित्र मुख्यमन्त्री नियुक्ति गरिसक्नु पर्ने कानुनी व्यबस्था रहेकाले सरकारले प्रदेश प्रमुख तोक्ने तयारी थालेको छ ।

स्वतन्त्र छवि भएका व्यक्तिहरुलाई प्रदेश प्रमुख बनाउनु पर्ने भएकाले प्रधानमन्त्री देउवाले कांग्रेस निकटहरुलाई प्रदेश प्रमुख बनाउने तयारी थालेका हुन् । उनले समाजसेवी अनुराधा कोइरालादेखि पूर्व सेनापति रुक्माङगद कटुवालसम्मलाई प्रदेश प्रमुख तोक्ने अन्तिम तयारी गरेको स्रोतले बतायो ।

प्राप्त जानकारी अनुसार अनुराधा कोइराला, पूर्व प्रमुख निर्वाचन आयुक्त भोजराज पोखरेल, शिक्षाविद केदारभक्त माथेमा, पूर्व प्रधान सेनापति रुक्माङगद कटुवाल, पूर्व न्यायाधीश राम नगिना सिंह लगायतलाई प्रदेश प्रमुख बनाउने प्रधानमन्त्री देउवाको तयारी छ ।
CITIZEN LIFE INSURANCE
TESLA AIR CONDITIONER
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK
NMB BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी