×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

‘प्रचण्ड र मेरो बीचमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीबारे कुनै सहमति भएको छैन’

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

‘प्रचण्ड र मेरो बीचमा पार्टी अध्यक्ष र प्रधानमन्त्रीबारे कुनै सहमति भएको छैन’

२६ मंसिर २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – चुनावको परिणाम अन्तिम चरणमा आइपुगेको छ । नेकपा एमाले र माओवादी केन्द्रको बहुमत पुग्ने अबस्थामा छ । तर, सामानुपातिकको मत गणना सकिएपछि मात्रै दुई तिहाईबारे भन्न सकिन्छ ।
दुबै पार्टीबीच एकता र सरकार निर्माण सँगसँगै हुने नेताहरुले बताइरहेका छन् । एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुने सम्भवना अनुमान गरिएको छ । पार्टीको संसदीय दलको नेता भएका कारणले पनि ओली नै आगामी सरकार नेतृत्वकर्ता हुनेमा धेरै शंका छैन ।
एमाले र माओवादी केन्द्रका नेताहरुले अब लगत्तै पार्टी एकता हुने र प्रचण्ड र ओलीमध्ये एक जना पार्टी अध्यक्ष र अर्को जना प्रधानमन्त्री हुने बताइरहेका छन् । यसैबीच ओलीले भावी प्रधानमन्त्री र पार्टी अध्यक्ष को हुनेबारे प्रचण्डसँग कुनै सहमति नभएको बताएको भन्दै मंगलबार सामाजिक संजालमा भाइरल भयो । ओलीले पार्टी अध्यक्ष र प्रधानमन्त्री एकै व्यक्ति हुन सक्ने बताइएको छ ।
फेसबुकमा सक्रिय हुने माओवादी केन्द्रका नेता जागृत रायमाझीले पोष्ट गरेसँगै सम्भावित एकताबारे विभिन्न प्रतिक्रिया आइरहेका छन् । ओलीले पछिल्लो भनाईले एमालेले सजिलै पार्टी नेतृत्व प्रचण्डलाई नदिने देखिएको छ ।
प्रचण्डले चुनाव जितेकै दिन एक टिलिभिजनमा अन्तरवार्तामा आफू र ओलीमध्ये एक जना पार्टी अध्यक्ष हुने र अर्को जना प्रधानमन्त्री हुने बताएका थिए ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी