
काठमाडौँ – देउवाका केहि कमजोरीहरु
१. विगतमा गुट र समुहका विज्ञको सल्लाह र सु्झावमा एक्सनमा जाने स्वभाव र कार्यशैली परिवर्तन गरी श्रीमती आरजु राणा र नेता विमलेन्द्र निधि जस्ता व्यक्तिगत स्वार्थ बोकेकालाई सम्पूर्ण अधिकार दिनु् ।
२. पार्टीको विधानलाई उलंघन गरी दुई महिना भित्र पूर्णता दिनु पर्ने कुनैं पनि निकायलाई पूर्णता दिएनन्। महाधिवेशन भएको २१ महिना वितिसक्दा समेत कुनैं विभाग, समिति, प्रतिष्ठान गठन नगर्नु ।
३. संसदीय दलको उपनेता, सचिव, कोषाध्यक्ष र कार्य समिति सदस्य मनोनित नगरी दलको नेताको कार्यकाल सकाएको ।
४. पार्टीको उपसभापति, महामन्त्री, सहमहामन्त्री, प्रवक्ता जस्ता पदमा कसैलाई पनि नियुक्ति नगरी सबै अधिकार आफ्नै मुठीमा लिएको छ।
५. प्रहरी प्रमुख नियुक्ति प्रकरण, प्रधानन्याधीसमाथिको महाअभियोग प्रकरण, अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथिको महाभियोग प्रकरण, भारतले नेपालमाथि नाकाबन्दी लगाउने जस्ता प्रमुख, महत्वपूर्ण र जल्दाबल्दा समस्यामामाथि पार्टीको दृष्टिकोण अस्पस्ट र अलोकप्रीय हुनु । ति घटनामा पार्टीले लिएका एक्सनलाई प्रमाणीत वा पुष्टी गर्न नसक्नु ।
६ पार्टीको टिकट वितरण गर्दा पार्टीका लोकप्रीय र प्रभावशाली केन्द्रीय सदस्यहरु धनराज गुरुङ, बद्रीप्रसाद पाण्डे, सुरेन्द्रराज पाण्डे, गुरुराज घिमिरे, कल्याण गुरुङलाई प्रतिनिधिसभा, प्रदेश सभाको आठ सय २५ स्थानमा कहीँ कतै उम्मेदवार नबनाउनु।
७. पार्टीका ३० जना जिल्ला सभापतिलाई चिढाएर ८२५ स्थानमा कतैपनि उम्मेदवार नबनाएको ।
८. निवर्तमान सांसद र पार्टीका पुराना, त्यागी, सक्षम, योग्य र यूवालाई उम्मेदवार नबनाई व्यापारी, मेनपावर व्यवसायी र ठेकेदारलाई उम्मेदवार बनाएको ।
९. गुटको सिफारिसमा मात्र उम्मेदवार बनाएको। उम्मेदवार चयन गर्दा पार्टीमा गरेको योगदानको आधारमा भन्दा श्रीमती आरजु राणाको सिफारिमा परेका २० प्रतिशत, विमलेन्द्र निधि (वालकृष्ण खाँडसहित) को सिफारिसमा २० प्रतिशत, गुटका समर्थक र अन्धभक्तको सिफारिसमा २० प्रतिशत, रामचन्द्र पौडेलको सिफारिसमा ३० प्रतिशत र सिटौला तथा खुमबहादुर खड्काको सिफारिसमा मात्र उम्मेदवार चयन गरेको ।
१०.सरकार सञ्चालनका क्रममा कर्मचारीतन्त्र, निर्वाचन आयोग, सुरक्षा निकायलाई समुचित र विश्वाशिलो ढंगले परिचालन गर्न नसकेको र विपक्षी दलको योजना, रणनीति र कार्यक्रमलाई बुझ्न नसकेको । – जनप्रहार साप्ताहिक
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्