×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

समानुपातिकबाट कसले कति मत ल्यायो (ताजा अपडेट)

PRIME CA

समानुपातिकबाट कसले कति मत ल्यायो (ताजा अपडेट)

२४ मंसिर २०७४, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – पहिलो चरणमा निर्वाचन भएका हिमाली जिल्लामा समानुपातिकतर्फको मतगणना जारी छ । करिब आधा दर्जन जति निर्वाचन क्षेत्रमा भइरहेको मतणनाबाट प्राप्त जानकारी अनुसार समानुपातिकमा एमालेले सबैभन्दा बढी मत पाएर अग्रता लिइरहेको छ भने कांग्रेसले एमालेलाई पछ्याइरहेको छ ।
प्रत्यक्षतर्फ कांग्रेसभन्दा अगाडि रहेको माओवादी समानुपातिकमा भने तेस्रो स्थानमा छ । कांग्रेस, एमाले र माओवादी बाहेक समानुपातिकमा चौथो स्थानको मत नयाँशक्ति पार्टीले ल्याएको छ । नयाँशक्तिले भन्दा विवेकशीलले न्यून मत पाइरहेको निर्वाचन आयोगको तथ्यांकमा देखिन्छ ।
आइतबार बिहानसम्म समानुपातिकतर्फ खसेको मत यस्तो छ-
१. नेकपा एमाले- ७३२९३
२. नेपाली कांग्रेस- ६९८४९
३. माओवादी केन्द्र -३०२६२
४. नयाँ शक्ति – ५२४१
५. राजपा-३४८५
६. राप्रपा- २४००
७. विवेकशील साझा- ८३७
८. राप्रपा प्रजातान्त्रिक -६०४
९. संघीय फोरम -४५८
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: