
काठमाडौँ – काठमाडौंमा शुक्रबार बिहान ११ बजेदेखि मात्र मतगणना सुरू भएको क्षेत्रहरूको प्रारम्भिक मत परिणाम आउन थालेको छ।
अहिलेसम्म काठमाडौं क्षेत्र नम्बर १ र ५ को मतपरिणाम सार्वजनिक भएको छ। क्षेत्र नम्बर १ मा काँग्रेस उम्मेदवार प्रकाशमान सिंह अघि छन् भने उनका प्रतिस्पर्दी विवेकशील साझाका रविन्द्र मिश्रले उनलाई पछ्याइरहेका छन्।
२ हजार मत गणना हुँदा सिंहको ९ सय ४० र मिश्रको ६ सय ७५ आएको छ। वाम गठबन्धनका तर्फबाट माओवादीका अनिल शर्माको भने २ सय ६८ मत आएको छ।
काठमाडौंको क्षेत्र नम्बर ५ बाट वाम गठबन्धनका एमाले नेता इश्वर पोखरेल अघि छन् भने काँग्रेसका प्रकाशशरण महत भने दोस्रो स्थानमा छन्। पोखरेलले ६ सय ८० ल्याएका छन् भने महतले २ सय ९८ मत ल्याएका छन्।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्