×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अप्रिय घटना : म्यादी प्रहरी चढेको गाडी भीमफेदीमा दुर्घटना, ३ जनाको मृत्यु

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अप्रिय घटना : म्यादी प्रहरी चढेको गाडी भीमफेदीमा दुर्घटना, ३ जनाको मृत्यु

२२ मंसिर २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बददाता 
काठमाडौँ – मङ्सिर २१ गते भएको प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनमा खटिएका म्यादी प्रहरी शुक्रबर बिहान सदरमुकाम हेटौंडा फर्कँदै गर्दा गाडी दुर्घटना भएको छ ।
थाहा नगरबाट हेटौंडा तर्फ आउँदै गरेको जिप भीमफेदी गाउँपालिका–२, चुनियाँमा दुर्घटना भएको हो । जिप दुर्घटनामा ३ जनाकाे घटनास्थलमै मृत्यु भएकाे छ । मृत्यु हुनेमा जिप चालक र दुई म्यादी प्रहरी रहेकाे भैंसे प्रहरी चौकीले जानकारी दिएको छ । 
मृत्यु हुनेहरुको सनाखत हुन नसकेको र ६ जना म्यादी प्रहरीलाई सामान्य घाइते भएको प्रहरीले बताएको छ । घाइते र मृतक सबैलार्इ हेटाैडा लैजाने तयारी भइरहेकाे प्रहरीले जनाएकाे छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी