
गोरखा- गोरखा २ मा मतगणना सुरू भएको छ । नारायण काजी श्रेष्ठ र बाबुराम भट्टराइ प्रतिष्पर्धी भएको यो क्षेत्रमा मतगणना सुरु भएको छ । यो क्षेत्रको चुनावलाई निकै चासोपूर्वक हेरिएको छ ।
वाम गठवन्धनमा जोडिन पुगेर पनि त्यहाँबाट अलग्गिएर कांग्रेसको समर्थनमा उम्मेदवार बनेका डाक्टर बाबुराम भट्टराई र वाम गठवन्धनबाट उम्मेदवार बनेका माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठविच चुनावी प्रतिस्पर्धा भएकाले गोरखा क्षेत्र नम्वर २ बाट प्रतिनिधिसभामा यी दुईमध्ये को चुनिएलान् भन्ने चासो र चिन्ता सबैतिर छ ।
यसैबीच मतगणना सुरु भएसँगै नारायणकाजी श्रेष्ठले अग्रता लिएको बताइएको छ । यसो त थोरै मात्र मत गनिएको छ । यद्यपी गनिएका अधिकांस मत नारायणकाजीकै पक्षमा आएको छ । कतिपयले बाबुरामलाई भोट हसियाँ हतौडामा दिएँ भनेर समेत आएकाले पनि नारायणकाजीकै पल्ला भारी देखिएको छ । यद्यपी अन्तिमसमयसम्म केहि भन्न सकिने अवस्था भने छैन ।
हामी निरन्तर अपडेटमा छौं ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्