×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विराटनगरको सुरक्षा व्यवस्था कडा, कुकुरसहितको प्रहरी परिचालन

PRIME CA

विराटनगरको सुरक्षा व्यवस्था कडा, कुकुरसहितको प्रहरी परिचालन

१९ मंसिर २०७४, मंगलवार

पढ्न लाग्ने समय: < १ मिनेट

विराटनगर  – जिल्ला प्रहरी कार्यालय मोरङले यही मंसिर २१ गते हुने दोस्रो चरणअन्तर्गतको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनका लागि मोरङ जिल्लामा सुरक्षा व्यवस्था कडा पारेको छ ।
मतदातालाई निर्वाचनमा भयरहित वातावरणमा मतदान गर्न सबै मतदानस्थल तथा केन्द्रमा सुरक्षा व्यवस्था सुदृढ पारिएको जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक अरुणकुमार बिसीले राससलाई बताए । जिल्ला सुरक्षा समितिको निर्णयअनुसार जिल्लामा चारै सुरक्षा निकाय नेपाली सेना, सशस्त्र प्रहरी बल, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मी परिचालन गरिएको छ ।
निर्वाचन सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर सीमा क्षेत्रमा विस्फोटक पदार्थ र हातहतियार जाँच गर्ने प्रशिक्षित कुकुरसहितको प्रहरी परिचालन गरिएको छ । नेपाल –भारत आवतजावत गर्ने मानिस एवं सवारी साधनमाथि विशेष निगरानी बढाएर जाँच र खानतलासीलाई तीव्र पारिएको छ । यस्तै विभिन्न ग्रामीण तथा शहरका शंकास्पद स्थानमा विशेष जाँच व्यवस्था गरिएको छ ।
यसैगरी सशस्त्र सीमा सुरक्षा बल मोरङले मतदाताको सुरक्षाका लागि विशेष अभियान सञ्चालन गरेको छ । सशस्त्र प्रहरीले निर्वाचनस्थल र केन्द्रको सुरक्षाका लागि नेपाली प्रहरीसंँग संयुक्त सुरक्षा गरिरहेको सीमा सुरक्षा बल मोरङका सशस्त्र प्रहरी उपरीक्षक भेषबहादुर शाहले राससलाई बताए ।
सशस्त्र प्रहरीले नेपाल–भारतको ६३ किमी सीमा क्षेत्रमा भारतीय सीमा सुरक्षा बलसँग एक हप्ता अगाडिदेखि संयुक्त रुपमा गस्ती गरिरहेको छ । मतदाता, उम्मेदवार, मतदानस्थल र मतदान केन्द्रमा सुरक्षा दिनका लागि नेपाल प्रहरीलाई सहयोग पु¥याउन सशस्त्र प्रहरीका २१ कार्यालयबाट सशस्त्र प्रहरी परिचालन भएका छन् ।
सशस्त्र उपरीक्षक शाहले हातहतियार तथा विस्फोटक पदार्थ नियन्त्रण गर्न भारतीय सीमालगायत जिल्लाका विभिन्न स्थानमा आकस्मिक रुपमा सवारीसाधन तथा व्यक्तिलाई जाँच गर्ने गरेको बताए । जिल्लामा निर्वाचन सुरक्षाका लागि नेपाली सेना, सशस्त्र प्रहरी, राष्ट्रिय अनुसन्धान विभागका कर्मचारी र म्यादी प्रहरी तीन हजार १५७ सहित करिब छ हजार सुरक्षाकर्मी परिचालन गरिएको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: