Skip to content
LAXMI SUNRISE BANK

गृह मन्त्रालयबाट सार्वजनिक गर्यो यस्तो सूचना

अर्थ सरोकार

काठमाडौं – चुनाबको समयमा अपरिचित व्यक्ति वा शंकास्पद बस्तु देखेमा प्रहरीलाई खबर गरेर सहयोग गर्न सरकारले सबैलाई आग्रह गरेको छ । देशभर भइरहेका बम विष्फोटका घटनाबाट निर्वाचनमा अवरोध पुगेको भन्दै सरकारले सार्वजनिक सूचना नै निकालेर सर्वसाधारणको सहयोग मागेको हो ।
गृह मन्त्रालयले ‘अत्यन्त जरुरी’ भनेर सार्वजनिक सूचना जारी गरेको छ जसमा अपरिचित व्यक्ति, शंकास्पद गतिविधि र शंकास्पद बस्तु देखेमा नजिकको सुरक्षा निकाय वा प्रहरी कन्ट्रोलको फोन नम्बर १०० मा खबर गर्न अनुरोध गरिएको छ ।
सार्वजनिक सूचनामा ‘आसन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनको क्रममा निर्वाचन विरोधीहरुले उम्मेदवारलाई लक्षित गरी विस्फोटनका घटनाहरु घटाउने, सर्वसाधारणहरुलाई डर त्रास सिर्जना हुने गरी सार्वजनिक स्थान तथा समाजका प्रतिष्ठित व्यक्तिहरुको घर कम्पाउन्डमा बम विस्फोटन गराउने जस्ता गतिविधिहरु गरी निर्वाचनमा अवरोध सिर्जना गर्ने क्रियाकलाप गरिरहेको’ उल्लेख छ ।
पूर्वमन्त्री, चुनावका उम्मेदवार र सर्वसाधारण नै घाइते हुने गरी बम आक्रमण भइरहे पनि सरकारले यी घटनामा कसको संलग्नता छ भनेर एकीनका साथ भन्न सकेको छैन । निर्वाचनको विरोध गर्दै विप्लव समूहको यस्ता घटनामा संलग्नता रहेको सुरक्षा संयन्त्रको अनुमान छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK