×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

एमाले नेता माधव नेपालकाे क्षेत्रमा वम विष्फाेट

PRIME CA

एमाले नेता माधव नेपालकाे क्षेत्रमा वम विष्फाेट

१८ मंसिर २०७४, सोमबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडाैं – काठमाडाैंकाे निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गत थलीमा वम विष्फाेट भएकाे छ । काठमाडाैकाे थली स्थित कान्ति भैरव निर्वाचन केन्द्रमा केही बेर अगाडि वम विष्फाेट भएकाे स्थानीयले जानकारी गराएका छन् । निर्वाचन नजिकिदै गर्दा राजधानीमा वम विष्फाेटका घटना अत्यधिक बढेका छन । गएराती मात्र काठमाडाैकै नागर्जुन नगरपालिकाकाे ढुङ्गे धारा मतदान केन्द्रमा २ वटा वम विष्फाेट भएका थिए । 
त्यसैगरी नागर्जुन नगरपालिककाकै वार्ड नं १ मा पूर्व पर्यटन मन्त्री जीवनबहादुर शाहीकाे घरमा वम विष्फाेट भएकाे थियाे । त्यसैगरी गए राती नै काठमाडाैकाे साँखुमा शक्तिशाली वम विष्फाेट भएकाे थियाे । साँखुकाे मध्य बजारमै ठूलाे अावाजका साथ वम विष्फाेट भएपछि केहीबेर भागाभाग भएकाे थियाे । यसअघि राजधानीमा प्रधानमन्त्री शेरबहादुर देउवाकाे घर नजिकै पनि वम विष्फाेट गराइएकाे थियाे । 
त्यस्तै अाइतबार बिहान मात्र रक्षामन्त्री भिमसेनदास प्रधाननकाे ज्याठास्थित घरमा पनि वम विष्फाेट भएकाे थियाे । वम विष्फाेटका बेला घरमै रहेका मन्त्री प्रधान अातङ्कित भएर सेनाकाे गाडीमा बसी सुरक्षित भएका थिए । त्यसैगरी केही दिन अघि मात्र नेपाली काग्रेसका नेता तथा पूर्व स्वास्थ्यमन्त्री गगन थापाकाे चुनावी क्षेत्र अन्तर्गत चावहिल र काठमाडाै र ललितपुरकाे बीचमा रहेकाे युएनपार्क नजिक पनि वम विष्फाेट भएकाे थियाे । – Communist News Center
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: