×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मालकोटमा दिउसै भिडन्त, अज्ञात समुहले अत्याधुनिक हतियारबाट गोली चलायो

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

मालकोटमा दिउसै भिडन्त, अज्ञात समुहले अत्याधुनिक हतियारबाट गोली चलायो

१७ मंसिर २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कालिकोट – कालिकोटको मालकोटमा दिउँसै अज्ञात समूह र प्रहरीबीच दोहोरो भिडन्त भएको छ । आइतबार बिहान मतदान सुरु भएको केही समयपछि ९ बजेतिएर गाउँतिरबाट सल्लारुख मतदान केन्द्रलाई लक्षित गरी अत्याधुनिक हतियार एसएलआरबाट गोली प्रहार गरेपछि प्रहरीले पनि जवाफी फायरिङ गरेको हाे ।
प्रहरीले जवाफी फायरिङ गरेपछि अज्ञात समुहले थप गोली चलाउँदा केही बेर दोहोरो भिडन्त भएको थियो । प्रहरीले २५ राउण्ड गोली चलाएको छ भने गाउँतिरबाट अत्याधुनिक हतियारद्वारा ४० राउण्ड बढी गोली हानिएको स्थानीयले बताएका छन ।
शनिबार दिउँसो मतदान केन्द्रका लागि निर्वाचन सामाग्री लिएर गएको कर्मचारी र सुरक्षाकर्मीको टोलीलाई सेनाको हेलिकप्टरबाट हवाई गस्ती गरेर मालकोट पठाइएको थियो । मालकोटमा शनिबार राती पनि दोहोरो गोली हानाहान भएर रातभर स्थिति तनाबग्रस्त बनेको थियो।
सल्लारुख मतदान केन्द्रमा सुन्य मतदान भएको छ । एउटा मतदान केन्द्रमा सुन्य मत र अर्कोमा न्युन मतदान भएपछि मतदान केन्द्रका कर्मचारी र सुरक्षाकर्मीहरु आइतबार दिउसो ३ बजे नै सदरमुकाम फर्किएका छन्।
अघिल्लो पटक स्थानीय तह निर्वाचनमा पनि सल्लारुख मतदान केन्द्रमा सुन्य मतदाङ भएको थियो । मालकोटकै उत्सव मतदान केन्द्रबाट भने जम्मा १ सय ५० मत खसेको छ ।
उक्त क्षेत्रको रुप्सा, कुमालगाउँ, कोडबाडा र रकुका विभन्न मतदान केन्द्रमा पनि न्यून मत खसेको इमान्दार मिडिया सहकर्मी सजनी बमले बताएकी छन्।
त्यस्तै जिल्लाकै नरहरिनाथ गाँउपालिकाको वडा न. ६ माल्कोटस्थित नै नन्दादेवि मावि सेरापाटामा तीनवजे सिलबन्दि गरिएकाे छ । नौ सय मतदातामा रहेकाे उक्त स्थानमा जम्मा १ सय १२ जनाले मात्र मतदान गरेको छन् ।
शनिबार नै कालिकोटका विभिन्न अन्य मतदान केन्द्रमा बम बिष्फाेट र आक्रमणका घटना घटिसकेका थिए । शनिबार राति कालिकोटको मुम्रास्थित क्यूरी मतदान केन्द्रमा भिडन्त भएको थियो ।
राती ९ बजे देखी १२ बजेसम्म भएको भिडन्तपछि स्थानीयले मतदान केन्द्रको सम्पूर्ण निर्वाचन सामाग्री कब्जा गरेर बुथ खाली गरेपछि त्यहाँको अवस्था साम्य भएको थियो ।
त्यस्तै शनिबार राति नै सान्नित्रिबेणी गाउँपालिकाको मेहलमुडीमा पनि दोहोर भिडन्त भएको थियो । उक्त दोहोरो भिडन्तमा परी २ प्रहरी र २ जना स्थानीय गरी ४ जना घाइते भएका छन् ।
यस्तै शनिबार दिउसो कालिकोटकै पलाता गाउँपालिकाको डाँफे मतदान केन्द्रका लागि गएको कर्मचारी र सुरक्षाकर्मीहरुको टोलीलाई स्थानीयले ढुंगामुडा गरेर लखेटेपछि नेपाली सेनाको हेलिकप्टरले हवाई फायरिङ समेत गरेको थियो । उक्त ठाँउमा प्रहरीले रातभर फायरिङ गरेकाे स्थानीयले बताएका छन् ।
त्यसपछि उक्त क्षेत्रमा ३ वटा हेलिकप्टर मार्फत थप सुरक्षाकर्मी र कर्मचारी उतारेको थियो भने भागेका कर्मचारी र प्रहरीलाई शनिबार हेलिकप्टरमार्फत नै सदरमुकाम फिर्ता लगिएको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी