- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पहिलो दिन आइतबार सुनको मूल्य बढेको छ । विहीबार प्रति तोला ५५ हजार ४ सयमा कारोबार भईरहेको छापावाला सुन आज १ सयले बढेर ५५ हजार ५ सय मुल्यमा कारोबार भइ रहेको छ ।
यस्तै गरि चाँदीको मूल्य स्थिर रहेर प्रति तोला ७ सय ४० रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज आइतबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४७ हजार ५ सय ८५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३४ रुपैयाँ ५ पैसा कायम गरेको छ।