×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिरामी भएका नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

बिरामी भएका नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना

१५ मंसिर २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

गोरखा – माओवादी केन्द्रका नेता तथा वाम गठबन्धनबाट गोरखा क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार नारायणकाजी श्रेष्ठ बिरामी भएका छन् । उनी चुनावको दौडधूपले गर्दा बिरामी भएको भनि उनका स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले बताएको छ ।
उनी गत ७ गते देखि नै बिरामी थिए । चुनावी दौडधूपको कारणले गर्दा निद्रा पनि नपुगेको र ब्लड पनि कमी भए श्रेष्ठ ललितपुरस्थित किस्ट अस्पतालमा गत १३ गतेदेखि भर्ना गरी उपचाररत छन् ।
गोरखा क्षेत्र नं. २ मा श्रेष्ठसँगै नेपाली कांग्रेसको समर्थनमा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराई चुनावी प्रतिस्पर्धामा छन् ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी