×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

रौतहटमा प्रहरी र राजपाबीच झडप, ५० राउन्ड गोली चल्यो, ५ घाइते

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

रौतहटमा प्रहरी र राजपाबीच झडप, ५० राउन्ड गोली चल्यो, ५ घाइते

१५ मंसिर २०७४, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

रौतहट – बुधबार मध्यराति रौतहटमा राजपा कार्यकर्ता र प्रहरीबीच भिडन्त भएको छ । ५ जना घाइते भएका छन् ।
प्रहरी र राजपाका कार्यकर्ताहरुबीच झडप भएपछि बुधबार मध्यरातिसम्म रौतहटको गरुडा नगरपालिका ५ महमदपुर तनावग्रस्त बनेको हो । मधेस आन्दोलनका दृष्यहरु प्रोजेक्टरको माध्यमबाट देखाउँदै राजपाले चुनाव प्रचार गरिरहेको बेला प्रहरीले हस्तक्षेप गरेपछि झडप सुरु भएको बताईएको छ ।
झडपमा बालकसहित पाँचजना घाइते भएका छन् । उनीहरुको रौतहटका चपुर, गरुडा र गौरका अस्पतालहरुमा उपचार भइरहेको छ । प्रहरीतर्फ पनि घाइते भएको भनिए पनि संख्या खुलाइएको छैन ।
महमदपुरमा प्रोजेक्टर नियन्त्रणमा लिन खोजेपछि मधेसवादी दलका कार्यकर्ताले प्रहरीलाई घेरा हालेका थिए । त्यसपछि प्रहरीले हवाई फायर र टियर ग्यास प्रहार गरेको थियो ।
गाउँका चोक-चोकमा पुगेर पनि प्रहरीले टियर ग्यास प्रहार गरेको स्थानीयबासीको दावी छ । स्थानीयले ५० राउन्ड हवाइ फायर भएको दावी गरे पनि करिब २० राउण्ड हवाइ फायर भएको प्रहरी स्रोत बताउँछ । त्यहाँ प्रहरि पनि घाइते भएकाे स्थानीयले बताए पनि जिल्लाका प्रहरी कार्यालयले भने यस विषयमा केहि जानकारी दिन चाहेन ।
स्थिति तनावग्रस्त भएपछि राति नै महमदपुरमा सशस्त्र प्रहरीको थप फोर्स झिकाइएको बताइएकाे छ ।
यसअघि पिपरा रजवारा भन्ने ठाउँमा पनि प्रहरीले हस्तक्षेप राजपाकाे कार्यक्रममा हस्तक्षेप गरेकाे थियाे । त्यहाँकाे अवस्था अझैसम्म पनि तनाग्रस्त रेहकाे हाम्रा सम्बाददाता जयनारायण यादवले बताएका छन् । घटनाबारे थप बिबरण अाउन बाँकी नै छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी