- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – साताको पाँचौ दिन बिहिबार सुनचाँदीको मूल्य घटेको छ । बुधबार प्रति तोला ५६ हजारमा कारोबार भईरहेको छापावाला सुन आज ३ सयले घटेर ५५ हजार ७ सय मुल्यमा कारोबार भइ रहेको छ ।
यस्तै गरि चाँदीको मूल्य १० रुपैयाँले घटेर प्रति तोला ७ सय ४५ रुपैयाँमा कारोबार भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज बिहिबार प्रति १० ग्राम छापावाला सुनको मूल्य ४७ हजार ७ सय ५५ रुपैयाँ तोकेको छ भने प्रति १० ग्राम चांदीको मूल्य ६ सय ३९ रुपैयाँ कायम गरेको छ।