Skip to content
LAXMI SUNRISE BANK

सशस्त्रका विवादित पूर्वडीआईजी सिंहको प्रेमिका लफडा सार्वजनिक, सबै खर्च टारिदिएर ‘चुम्बनलीला’ !

अर्थ सरोकार

प्रहरी सेवामा प्रवेश अवधि ढाँट्दै १६ महिना बढी जागिर खाएर केही दिनअघि पदमुक्त भएका सशस्त्रका डीआईजी नरेन्द्र सिंहले मध्यक्षेत्र वाहिनी पथलैया कार्यालय परिसरमा नै एक महिलालाई राखेको घटना सार्वजनिक भएको छ । काभ्रेको पनौती घर भएकी अनुपमा अधिकारीलाई डीआईजी सिंहले वाहिनीपरिसरमै पे्रमिकासरहको व्यवहार गरेर राखेको घटना सार्वजनिक भएको हो ।
डीआईजी सिंहलाई कहिले काका त कहिले मामा भनेर बोलाउने उक्त युवतीले प्रहरी जवानहरुलाई गालीगलौज गरेर सताउने गरेको अहिले सार्वजनिक भएको हो । उक्त वाहिनीमा कार्यरत तल्लो श्रेणीका प्रहरीहरुलाई काम लगाउने, नमाने गालीगलौज गर्ने गरेको पत्ता लागेको हो । उक्त महिलालाई उनले आफ्नो प्रेमिका बनाएर राखेको त्यहाँ कार्यरत प्रहरी जवानहरुले बताएका छन् । ती महिलाको सबै खर्च डीआईजी सिंहले नै टारिदिएको र उनलाई हिँडडुलका लागि सरकारी गाडीसमेत उपलब्ध गराएको पनि खुलासा भएको छ । डीआईजी सिंहको परिवार र आफन्त आउँदा भने सिंहले ती महिलालाई वाहिनी कार्यालयभन्दा बाहिर लिइएको कोठामा राख्ने गरेको पनि पाइएको छ । उनीहरु दुई जना सँगै हिँड्दा अंकमाल गर्ने चुम्बन गर्नेजस्ता व्यवहार गर्ने गरेको समेत थाहा भएको छ ।
विवादास्पद सशस्त्रका डीआईजी सिंहको पथलैया आएको फागुन दोस्रो साता एक वर्ष पुग्दै थियो । ती महिला सिंह पोखराको वाहिनीपति हुँदा पनि पोखरामै बस्ने गरेको पनि पाइएको छ । सेवा प्रवेशको मिति ढाँटेको पुष्टि भएसँगै उनी एक हप्ताअघि पदमुक्त भएका छन् । प्रहरी किताबखानाले सशस्त्र प्रहरी मुख्यालयमा मध्यक्षेत्र प्रमुख डीआईजी सिंहको सेवा अवधि २१ साउन २०७३ मै सकिएको भन्दै पत्र पठाएको हो ।
सो पत्रसँगै उनले अनिवार्य अवकाश पाएका हुन् । उनले अनिवार्य अवकाश पाउनुभन्दा थप १६ महिना बढी जागिर खाएको देखिएको छ । प्रहरी किताबखानाले डीआईजी सिंहले २१ साउन २०७३ मा अनिवार्य अवकाश पाएको पत्र लेखेको भए पनि सशस्त्र प्रहरी बलको कर्मचारी प्रशासन शाखामा भने उनको सेवा प्रवेशको मिति २१ चैत २०४५ उल्लेख छ । उनी जवानबाट प्रहरी सेवामा प्रवेश गरेका थिए ।
उनी २०४९ मा खुल्ला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षक बनेका थिए । सिंहले २० साउन २०४१ सालमा नेपाल प्रहरीमा सिपाहीमा जागिर खाएकोमा हवल्दार भएपछि राजीनामा दिएको पाइएको छ । उनले २०४३ सालमा राजीनामा दिएको रेकर्डसमेत भेटिएको छ । सिंहले राजीनामा दिएको तर उपदान नलिएको देखिएको छ । प्रहरी किताबखानाले उनले सिपाहीमा दुई वर्ष १० महिना सात दिन जागिर खाएको र त्यसपछि भगौडा खाली देखिएको पनि जानकारी सशस्त्र मुख्यालयलाई दिएको छ । डीआईजी सिंहले ३० वर्षे सेवा अवधि सुरु नहुँदै भगौडा खाली हुनुभन्दा अघिको समयसमेत जोडेकाले यो स्थिति आएको हो । आर्थिक दैनिकबाट
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK