×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

प्रधानमन्त्री आएपछि सुरक्षाकर्मी र सिडीओ किन लुके ? यस्तो छ कारण !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

प्रधानमन्त्री आएपछि सुरक्षाकर्मी र सिडीओ किन लुके ? यस्तो छ कारण !

१२ मंसिर २०७४, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

कपिलबस्तु- कपिलवस्तुकाे तौलिहवामा मंगलबार देखिएको एउटा फरक दृश्यले देशको स्थितिलाई जिग्याईरहेको थियो । प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा आउने बितिकै उनीहरुको भागाभाग भयो । उनीहरु भाग्नुको कारण भने अर्कै थियो । देउवाको स्वगतका लागि प्रहरी कार्यालय नजिकै बनाइएको हेलिप्याड पुगेका उच्च प्रशासक हेलिकप्टर ल्याण्डिङ हुँदा धूलोबाट बच्न भागाभाग गरेका थिए ।
नेपाल प्रहरी उपरीक्षक भोजजंग शाह, सशस्त्रका उपरीक्षक भगवान मल्ल, प्रजिअ मदन भुजेल र सेनाका कर्णेल गाडीको आड लिएर धूलोबाट बच्न लुकेका थिए । कतिपयले रुमालले नाक र मुख छोप्दै पर पर भागेका थिए । देउवाको स्वागतका लागि पुगेका नेता दिपकुमार उपाध्याय, सुरेन्द्र आचार्य र अभिषेकप्रताप शाह पनि धूलोबाट जोगिन गाडी छेउ गएर लुकेका थिए । सेनाको नाईन एन आएजे कल साईनको ठूलो जहाज हुँदा ल्याण्ड गर्दा धेरै धूलो उडाएको थियो ।
२ मिनेटपछि धूलो उड्न छाडेपछि सबैले आ-आफनो कपडा झार्दै स्वागतका लागि तयार भएका थिए । धूलोले हेलिकप्टरको सुरक्षार्थ तैनाथ प्रहरी, सशस्त्र र सेनालाई पनि समस्या बनाएको थियो । मंगलबार सभालाई संबोधन गर्न वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइराला र उद्योगपति विनोद चौधरीलगायत त्यहाँ पुगेका हुन।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी