
काठमाडौं- महालक्ष्मी विकास बैंकले बिहीबारबाट चार शाखा सञ्चालनमा ल्याउने भएको छ। बैंकले बाजुराको मार्तडी, बझाङ्गको चैनपुर, बैतडीको पाटन र दाङ्गको घोराही गरी चार शाखाहरुबाट एकैसाथ कारोबार थाल्न लागिएको हो ।
यी चार शाखा बिस्तारपछि महालक्ष्मी बैंक सुदुरपश्चिमको बाजुरा, बझाङ्ग र बैतडीमा बैकिङ शाखा खोल्ने राष्ट्रिय स्तरको पहिलो बैंक बन्नेछ ।
नयाँ शाखाहरुसहित बैँकको शाखा संख्या ७० पुुग्नेछ भने एटिएम संख्या ३५ रहेको छ । बैंकले निकट भविष्यमै दार्चुलाको गोकुलेश्वरमा पनि शाखा सञ्चालनको तयारी गरिरहेको छ ।
बैंकको कात्तिक मसान्तसम्म २५ अर्ब ४३ करोड निक्षेप र २० अर्ब १२ करोड ऋण लगानी पुगेको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page







प्रतिक्रिया दिनुहोस्