काठमाडौं – मंगलबार सुनको मुल्य बढेको छ । सोमबारको तुलनामा मंगलबार सुन एकै दिन ५०० रुपैयाँ बढेको हो । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ५६ हजार ४०० रुपैयाँ पुगेको छ भने शनिबारको मूल्य ५५ हजार नौ सय रुपैयाँ प्रति तोला रहेको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । तेजाबी सुनको मूल्य प्रति तोला ५६ हजर १०० रुपैयाँ पुगेको छ।
चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँ बढेको छ । आइतबारको लागि प्रति तोला चाँदीको मूल्य ७७५ रुपैयाँ कायम गरिएको हो । यता सुन र चाँदीको भाउ बढेपनि माग भने उच्च रहेको बताइएको छ । मङ्सिर भएकाले पनि सुनको माग बढेको जानकारहरु बताउँछन् ।