×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

केसीलाई जिताउने खेलः रुखमा एकछापे हानेका ५० भोटसहित मतदान अधिकृत पक्राउ

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

केसीलाई जिताउने खेलः रुखमा एकछापे हानेका ५० भोटसहित मतदान अधिकृत पक्राउ

११ मंसिर २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नुवाकोट – निर्वाचन आयोग र राजनीति दहरुले निर्वाचन निष्पक्ष भएको बताइरहँदा नुवाकोटमा एक काँग्रेसलाई एक छापे हानेका भोटसहित मतदान अधिकृत पक्राउ परेका छन् ।
नेपाली कांग्रेसको चुनाव चिन्ह रुखमा छाप लगाएका ५० वटा मतपत्रसहित क्षेत्र नम्बर २ स्थित ताराकेश्वर–२ मा रहेको श्रीकृष्ण उच्च मावि मतदान केन्द्रका अधिकृत अर्जुनबहादुर बस्नेत पक्राउ परेका हुन् ।
रुखमा छाप लगाएर मतपेटिकामा खसाउन लागेको अवस्थामा उनलाई एमाले–माओवादी केन्द्रका कार्यकर्ताहरुले समातेर प्रहरीलाई बुझाएका थिए ।
यो मतदान केन्द्रमा जम्मा १९८३ मतदाता रहेका थिए । आजको मतदानका क्रममा प्रदेश सभातर्फ १३९८ मत खसेको थियो । तर मुचुल्का भने १४४८ मत खसेको उठाइएको थियो । प्रदेश सभातर्फ १३९८ मत खसेको अवस्थामा मुचुल्का भने १४९८ को उठाइएपछि गायव भएको ५० मतले मतदान केन्द्रमै खैलाबैला भएको थियो ।
नुवाकोटका प्रमुख जिल्ला अधिकारी वीरेन्द्र यादवले भने मतदान अधिकृतले एमाले–माओवादी केन्द्रले लगाएको आरोप जस्तो अधिकृत बस्नेतले नगरेको दाबी गरे । मुख्य निर्वाचन अधिकृतको कार्यालयले भने केही बताएको छैन् ।
सो क्षेत्रमा नेपाली काँग्रेसबाट नेता अर्जुननरसिंह केसी र नेकपा एमालेका नारायण खतिवडा उम्मेदवार छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी