×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सिरहामा प्रहरीमाथि गोली प्रहार, दुई जना घाइते, एकको अवस्था गम्भीर

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

सिरहामा प्रहरीमाथि गोली प्रहार, दुई जना घाइते, एकको अवस्था गम्भीर

१० मंसिर २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

सिरहा – सिरहाको कल्यणपुर नगरपालिका ५ निर्दनामा दुई प्रहरीमाथि अज्ञात समूहद्वारा गोली प्रहार भएकाे छ। आइतबार कल्याणपुर प्रहरी चौकीमा कार्यरत प्रहरी जवान मायाराम यादव र म्यादी प्रहरी आदर्श कुँवरलाई गोली लागेको हो।

जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी नायब उपरीक्षक राजन भेटवालका अनुसार प्रहरी जवान यादवको पेटमा र म्यादी प्रहरी कुँवरको कुममा गोली लागेको जानकारी दिएको छ ।
गोली प्रहारबाट घाइते प्रहरीद्वयको उपचारका लागि कर्जन्हास्थित फूलकुमारी महतो मेमोरियल अस्पताल लागिएको छ भने प्रहरी जवान यादवको अवस्था चिन्ताजनक छ।
गोली प्रहार गर्ने व्यक्तिहरुको खोजी भइरहेको प्रहरी नायव उपरीक्षक भेटवालले जानकारी दिए। घटनाको विस्तृत विवरण आउँन बाँकी छ। 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी