धादिङ- धादिङकोको एक मतदान केन्द्रबाट बाम गठबन्धनका कार्यकर्ता लखेटीएका छन् । धादिङको खनियाबास गाउँपालिकाको झार्लाङ बेन्दिदेवी मतदान केन्द्रलाई आफ्नो कब्जामा लिंदै कांग्रेसका कार्यकर्ताहरुले बाम गठबन्धनका कार्यकर्ताहरुलाई लखेटेका हुन् । स्थानीयले दिएको जानकारी अनुसार मतदान केन्द्रमा लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले वाम गठबन्धनका कार्यकर्तालाई जान नदिएका कारण मतदान सुरु हुन सकेको छैन ।
यता बाम गठबन्धनका कार्यकनर्ताले कांग्रेसलाई भोट दिन आएकाहरुमाथि ढुंगामुढा गरेका छन् । ढुंगा लागेर अभिषेक तामाङ घाइते भएका छन् । यता प्रमुख जिल्ला अधिकारी श्यामप्रसाद भण्डारीले वाम गठबन्धनका प्रतिनिधिलाई मतदाना केन्द्रमा जान नदिएका कारण मतदान रोकिएको बताए ।