
धादिङ – लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताहरुले वाम गठबन्धनका प्रतिनिधिलाई नै मतदान केन्द्रमा रोक लगाएपछि उत्तरी धादिङको झार्लाङमा ढिला गरी मतदान सुरु भएको छ ।
खनियाबास गाउँपालिका अन्तर्गत झर्लाङको बन्दीदेवी मतदान केन्द्रमा लोकतान्त्रिकका कार्यकर्ताले वाम गठबन्धनका प्रतिनिधिलाई मतदान केन्द्रमा जान रोकेपछि बिहान ७ बजेदेखि सुरु हुनुपर्ने मतदान प्रक्रिया ढिला गरी १० बजेबाट मात्र सुरु भएको छ ।
धादिङका प्रमुख जिल्ला अधिकारी श्याम प्रसाद भण्डारीका अनुसार भिरालो भौगोलिक अवस्था रहेकोले मतदान गर्न हिडेका वाम गठबन्धनका कार्यकर्तालाई लोकतान्त्रिक गठबन्धनका कार्यकर्ताले माथिबाट ढुंगा खसाएर अवरोधको प्रयास गरेका थिए ।
त्यसक्रममा वाम गठबन्धनका एक कार्यकर्ता घाइते भएको उनले जानकारी दिए । ‘एक जनाको हात भाँच्चिएको खबर आएको छ, धेरै जानकारी छैन ।’ प्रजिअ भण्डारीले भने ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीले लोकतान्त्रिक गठबन्धनका कार्यकर्तालाई तितरबितर पारेपछि मतदान शान्तिपूर्ण रुपमा सुरु भएको प्रजिअ भण्डारीले जानकारी दिए । – काठमाडौँ टुडे
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्