×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अस्ट्रेलियाको अध्यागमन नियममा कडाइ, यी काम गरेको पाइएमा भिजा नै रद्ध हुने !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

अस्ट्रेलियाको अध्यागमन नियममा कडाइ, यी काम गरेको पाइएमा भिजा नै रद्ध हुने !

१० मंसिर २०७४, आईतवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । अष्ट्रेलियाले आफ्नो अध्यागमन नियमलाई अझ कडा बनाएको छ । पछिल्लो समयमा आप्रवासी नियमप्रति कठोर बन्दै गएको अष्ट्रेलियाले मुख्य रुपमा अस्थायी भिषाको पहिलेको नियमलाई अझ कडा रुपमा परिमार्जन गरेको हो ।अस्थायी भिषामा आउने र आएकाहरुलाई लक्षित गरेर परिमार्जन गरिएको नयाँ नियममा १० वर्षसम्म अष्ट्रेलिया प्रवेशमा रोक लगाउने र भिषा रद्द गरेर फिर्ता पठाउनेसम्मका प्रावधान थपिएको छ ।
नक्कली कागजपत्र बनाएर अष्ट्रेलियाको भिषा लिएको पाइएमा उक्त ब्यक्तिलाई १० वर्षसम्म प्रवेशमा रोक लगाइने भएको छ । जसमा उक्त भिषा आवेदन गर्दा समावेश गरिएका परिवारका सदस्यहरुलाई पनि १० बर्षसम्मै प्रवेशमा रोक लगाइनेछ । यही महिनाको १८ तारिखदेखि लागू गरिएको यो नयाँ परिमार्जित नियममा यसपहिले भने ३ वर्षसम्म मात्र प्रतिबन्ध लगाइने उल्लेख थियो ।
अध्यागमनको क्षेत्रमा काम गरिरहेकाहरुका अनुसार अष्ट्रेलियाले सही, योग्य र सक्षम ब्यक्तिलाई मात्र अष्ट्रेलिया भित्र्याउने उद्देश्यका साथ यो नियमलाई परिमार्जन गरेको हो । यसैगरि, समाजिक सञ्जाल तथा अनलाईनहरुमा सामाजिक द्वेष फेलाउने प्रकृतिका सन्देशहरु प्रवाह गरेको पाइएमा त्यस्ता ब्यक्तिको पनि भिषा रद्द गरी स्वेदश फिर्ता पठाइने भएको छ ।
यदी कसैलाई नोक्सानी पुर्‍याउने, धम्की दिने किसिमको सन्देश पाएको प्रमाणित भएमा अष्ट्रेलियाका अध्यागमन मन्त्रीले उक्त ब्यक्तिको भिषा रद्द गर्न सक्नेछन् । सरकारी तथ्यांक अनुसार सन् २०१६ देखि जुलाई २०१७ सम्म ४७ हजारको भिषा रद्द गरिएको छ । यसपहिले यि नियमहरु केही अस्थायी भिषालाई मात्र लागु हुने उल्लेख भएकोमा अहिले प्राय सबै अस्थायी भिषा आवेदक र भिषावाहकलाई लागू हुने समेत जनाइएको छ ।
बिज्ञहरुका अनुसार नक्कली विवाह, नक्कली आर्थिक स्रोतलगायतका नक्कली कागजपत्र बनाएर बिद्यार्थी भिषामा आउनेहरुलाई थप निरुत्साहित गर्नका लागि ३ वर्षको प्रतिबन्धलाई १० वर्ष बनाइएको हो । एकपटक भिषा रद्द भएर प्रतिबन्ध लागिसकेपछि फेरि यहाँ आउन पहिलोपटकको जस्तो सहज नहुने भएकाले समेत सक्कली र वास्तविक कागजपत्र र प्रमाणहरुका साथ मात्र आउन उनीहरुको सल्लाह छ । (कान्तिपुर दैनिक)
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी