Skip to content
LAXMI SUNRISE BANK

Breaking : कालिकोटको मुम्रामा प्रहरी र स्थानीयबीच दोहोरो भिडन्त, ३ घाइते, सबै बुथ राती नै कब्जा !

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
कालीकोट- निर्वाचनको मुखैमा कालिकोटमा प्रहरी र स्थानीयबीच दोहोरो भिडन्त भएको छ । स्थानीयले अर्थ सरोकार न्यूज डेस्कमा टिपाएको खबर अनुसार दोहोरो भिडन्तमा परी ३ जना घाइते भएका छन् । ‘प्रहरीले चलाएको गोली लागेर २ स्थानीय घाइते भएका छन् । १ को अवस्था अलि गम्भीर छ ।’ स्थानीयले अर्थ सरोकार डटकमसँग भने ।  
मतदानको लागी सामाग्री लिएर गएको प्रहरी र कर्मचारीहरुको तिलाई स्थानीयले घेराबन्दीमा पारी लखेट्न थालेपछि दोहोरो भिडन्त  भएको हो । करिव राती ९ बजेबाट सुरु भएको भीडन्त अहिले पनि जारी छ । राती करिब १० बजे स्थानीयले मुम्राको क्यूरी मतदान केन्द्रको सम्पूर्ण बुथ कब्जा गरेका छन् ।
घटनाका बारेमा अहिलेसम्म प्रहरीले केहि बताएको छैन । सीडीओको फोन लगातार अफ छ ।  थप विवरण आउन बाँकी छ ।
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK