
जाजरकोट – नेपाली कांग्रेसका कार्यकर्ताले भोट किंदै गरेको फेला परेको छ । कांग्रेसका कार्यकर्ताले जाजरकोटको पिपेमा भोट किन्न बाँड्दै गरेको ७१ हजार रुपैयाँ वार्इसीएलले कब्जा गरेपछि यस्तो रहस्य खुलेको हो । भेरी नगरपालिका–१ पिपेमा भोट किन्दै गरेका कांग्रेसका स्थानीय कार्यकर्ता गोरे रानाको टोलीबाट ७१ हजार रुपैयाँ वार्इसीएलले कब्जा गरेको छ । मौनअवधिमा पैसाको चलखेल हुँदैछ भन्ने जानकारी पाएपछि वाम गठबन्धनको टोली त्यहाँ पुग्दा रकम बाँड्दै गरेको भेटेपछि कब्जा गरेको त्यस वडाका वाइसीएल अध्यक्ष रानाले बताए ।
वाइसीएलका वडाध्यक्ष दिलिप रानाको न्यतृत्वको वाम गठबन्धनको टोलीले उक्त रकमसहित कांग्रेस कार्यकर्तालाई नियन्त्रणमा लिएका हुन् । उनीहरुबाट नियन्त्रणमा लिइएको रकम भोलि सार्वजनिक गरिने बताइएको छ । मौन अवधि सुरु भएसँगै देशभर पैसाको चलखेल बढेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्