×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नुवाकोट जिल्ला निर्वाचन कार्यलय अगाडि बम फेला

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नुवाकोट जिल्ला निर्वाचन कार्यलय अगाडि बम फेला

७ मंसिर २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

नुवाकोट –  जिल्ला निर्वाचन कार्यलय नुवाकोट अगाडि बम भेटिएको छ । आज बिहान कार्यलय अगाडि बम भेटिएपछि नेपाली सेनाको बम डिस्पोजल टोलीलाई खवर गरिएको थियो अहिले सेनाको टोलीले बम निष्कृय पार्दैछ ।
नुवाकोटको ढिकुरेमा आज बाम गठबन्धन र कांग्रेसको चुनावी सभा राखिएको थियो । बम राखेको पाइएपछि सभा स्थगित गरिएको छ भने अहिले विदुरको मुख्य सडक अवरुद्ध बनेको छ ।
यसैवीच जिल्ला प्रशासन कार्यलय नुवाकोटले लिखु गाउँपालिका वडा नं १ ढिकुरे बजारमा मंसिर सात गते विहान ६ बजेदेखि बेलुका नौ बजेसम्म निषेधित क्षेत्र घोषणा गरेको छ ।
सो क्षेत्रमा कुनै पनि सभा जुलुस गर्न नपाइने स्थानीय प्रशासनले जनाएको छ । बजारको पुर्वमा चौघडा,पश्चिममा बराहफेदी डाँडा, उत्तरमा माझापानी र दक्षिणमा चौखडासम्म निषेधित क्षेत्र कायम गरिएको प्रशासनले जनाएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी