×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

वृद्ध भत्ता खाने उमेरमा सांसद बन्ने धोको !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISHHOME

वृद्ध भत्ता खाने उमेरमा सांसद बन्ने धोको !

Artha Sarokar

७ मंसिर २०७४, बिहीबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

पोखरा – उमेर सात दशक पुग्यो तर पनि सकी नसकी उकाली ओराली गर्दै अहिले मतदाताको घरदैलोमा पुगेको छ वृद्ध उम्मेदवार शुक्रराज शर्मा ।
प्रतिनिधिसभा कास्की क्षेत्र नं ३ मा नेपाली कांग्रेसबाट उम्मेदवार बनेका शर्मा जिल्लामा प्रतिनिधिसभाका तीन र प्रदेशसभाका छ निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता गराउने १९ दल र तीन स्वतन्त्रका ९५ उम्मेदवारमध्येका सबैभन्दा पाका ७० वर्षीय छन् ।
प्रत्यक्षतर्फबाट एकपटक निर्वाचित हुने उनको धोको पूरा गर्ने आशामा सम्भवतः उनी अन्तिमपटकको उम्मेदवार छन् । लामो समयसम्म कास्की कांग्रेसको नेतृत्वमा रहेर पार्टीको संगठन विस्तारमा विशेष योगदान पु¥याएका शर्माको यो उम्मेदवारी तेस्रोपटक हो ।
निडर, त्यागी र प्रष्ट वक्ताका रुपमा परिचित शर्माले प्रजातन्त्रको पुनर्वहालीमा लाग्दा पटक–पटक जेल सजायसमेत बिताएका थिए ।
शर्माले पार्टीलाई पु¥याएको योगदानको कदर गर्दै नेपाली कांग्रेसले २०५६ सालमा राष्ट्रिय सभाको सदस्यमा मनोनीत गरेपछि उनी एक कार्यकाल सांसद बनेका थिए ।
आफ्नो जन्मथलो क्षेत्र नं ३ हालको अन्नपूर्ण गाउँपालिका–५ सल्यान भए पनि अघिल्ला चुनावमा बसाइँ सरेको क्षेत्र नं २ बाट चुनावी प्रतिस्पर्धा गर्दा उहाँले पटक–पटक हार व्यहोर्नु प¥योे ।
आफ्नै जन्मथलो क्षेत्र नं ३ बाट उम्मेदवारी दिएका शर्मा यसपालि भने विजयी हुनेमा ढुक्क छन् । उनको टक्कर वाम गठबन्धनका साझा उम्मेदवार नेकपा (एमाले)का पोलिटब्यूरो सदस्य जगतबहादुर सुनार विश्वकर्मासँग हुनेछ । घरदैलो कार्यक्रममा उनले नेपाली कांग्रेसले जितेमात्रै लोकतन्त्र संस्थागत हुने र आर्थिक समृद्धि तथा विकास हुने भएकाले कांग्रेसलाई जिताउन आग्रह गर्दै हिँडेका छन् ।
प्रतिनिधिसभाको क्षेत्र नं ३ मा विभिन्न राजनीतिक दलका ११ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । सो क्षेत्रमा ८८ हजार ७१७ मतदाता रहेका छन् । सो क्षेत्रमा कास्कीको अन्नपूर्ण र माछापुच्छे गाउँपालिका तथा पोखरा–लेखनाथ महानगरपालिकाका वडा नं १, २, ३, ५, ६, १८, १९, २२, २३, २४ र २५ पर्छन् ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी