×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चार डीआईजी एआईजीमा बढुवा, ७ नं. प्रदेशका एआईजी मुख्यालय तानिए

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चार डीआईजी एआईजीमा बढुवा, ७ नं. प्रदेशका एआईजी मुख्यालय तानिए

६ मंसिर २०७४, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  – सरकारले गत हप्ता बढुवा सिफारिशमा परेका चार डीआईजीलाई एआईजीमा बढुवा गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले डीआईजीहरु मधुप्रसाद पुडासैनी, हेमन्तबहादुर पाल, माधवप्रसाद नेपाल र पंकज श्रेष्ठलाई एआईजीमा बढुवाको निर्णय गर्दै पदस्थापन गरेको छ ।
त्यस्तै, ५ नम्बर प्रदेश प्रहरी प्रमुख एआईजी मिङमार लामा र ७ नम्बर प्रदेश प्रहरी प्रमुख एआईजी विजय भट्टको सरुवा गरेको छ । गृह मन्त्रालयसमेतको जिम्मेवारीमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाको प्रस्तावमा एआईजी पुडासैनीलाई ५ नम्बर प्रदेश प्रहरी प्रमुख र एआईजी नेपाललाई ७ नम्बर प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी तोकिएको छ । 
त्यस्तै, एआईजी श्रेष्ठलाई कार्य विभाग, पाललाई मानवस्रोत व्यवस्थापन विभागमा पदस्थापन गरिएको छ । अवधि नपुगी बीचमै तानिएका एआईजी भट्टलाई प्रहरी महानिरीक्षकको सचिवालय र लामालाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको उच्च स्रोतको दाबी छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी