×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

विदेशी नागरिकबाट लाखौँ रुपैयाँ लुटपाट गर्ने समूह प्रहरीको फन्दामा

PRIME CA

विदेशी नागरिकबाट लाखौँ रुपैयाँ लुटपाट गर्ने समूह प्रहरीको फन्दामा

२२ चैत्र २०७७, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । प्रहरीले चिनियाँ नागरिकलाई लुटपाट गरेको आरोपमा संलग्न व्यक्तिलाई लाखौँ रुपैयाँसहित पक्राउ गरेको छ । पक्राउ पर्नेमा काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिका बस्ने सिन्धुपाल्चोकका फुलकाजी तामाङ, सोही ठाउँका अमिर तामाङ, बुद्ध तामाङ र रोशन लामा रहेका छन् । उनीहरुमाथि रु २० लाख नगद तथा सुनका गरगहना लुटपाट गरेको आरोप छ ।
उनीहरुले यही चैत १६ गते काठमाडौँको ठमेलमा चिनियाँ नागरिक ३४ वर्षीय योङ छियोङको कोठामा प्रवेश गरी मुकुण्डो लगाएर लुटपाट गरेका प्रहरीले जनाएको छ । छियोङकी श्रीमती अञ्जली तामाङ र साला प्रवेश तामाङ तथा पासाङ तामाङलाई धारिलो हतियार देखाइ नियन्त्रणमा लिई हातखुट्टा टेपले बाँधी लुटपाट गरेको प्रहरीले जनाएको छ । सोही सूचनाका आधारमा महानगरीय प्रहरी परिसर र वृत्त लैनचौरको विशेष प्रहरी टोलीले उनीहरुलाई विभिन्न स्थानबाट पक्राउ गरेको प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले बताए । 
उनीहरुले बीस लाख, सुनको तिलहरी, सुनको औठ्ठी, बाला, मुन्द्रा लुटेको जनाइएको छ । प्रहरीले उनीहरुका साथबाट नगद सात लाख ९२ हजार छ हजार, छ हजार १७० युआन, तिलहरी, बाला, रिङ औँठी, बाला बरामद गरेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: