
काठमाडौँ – नेकपा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ का छोरा प्रकाश दाहालको केन्द्रीय श्रद्धाञ्जली सभा प्रचण्ड निवासमै गर्ने भएको छ । माओवादी केन्द्रको केन्द्रीय सचिवालयको सोमबार विहान बसेको बैठकले यो निर्णय गरेको हो ।
बैठकपछि पार्टी कमिटीहरुमा जारी गरिएको सर्कूलरमा उल्लेख भए अनुसार ५ मंसीरमा देशव्यापी रुपमा देशव्यापी रुपमा श्रद्धाञ्जली कार्यक्रम गरिनेछ ।
यसैगरी प्रकाशको श्रद्धाञ्जली स्वरुप ७ मंसीरमा केन्द्रीय श्रद्धाञ्जली कार्यक्रम हुनेछ । अध्यक्ष प्रचण्डले जारी गरेको सर्कूलरमा निर्वाचन सभा भन्दा पहिले श्रद्धाञ्जली कार्यक्रम गर्न भनिएको छ ।
सो सर्कूलरमा साकार दाहाल ‘प्रकाश’ पार्टी अध्यक्ष प्रचण्ड र केन्द्रीय सल्लाहकार सीता दाहालका सुपुत्रका अलावा पार्टी पोलिटब्यूरो सदस्य रहेको उल्लेख छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्