×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेकपाका कार्यकर्तालाई जेल हाल्न प्रधानमन्त्रीको निर्देशन

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

नेकपाका कार्यकर्तालाई जेल हाल्न प्रधानमन्त्रीको निर्देशन

४ मंसिर २०७४, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ  – प्रधानमन्त्री शेरबहादुर देउवाले जनताले चाहेको उम्मेदवारलाई निर्धक्कसँग मत हाल्ने वातावरण बनाउन सुरक्षा निकायलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री देउवाले निर्वाचन विरोधी गतिविधिमा संलग्न नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता, कार्यकर्तालाई तत्काल पक्राउ गरी कडा कार्वाही गर्न पनि सुरक्षा निकायलाई निर्देशन दिएका हुन् । आसन्न प्रदेश सभा र प्रतिनिधि सभा निर्वाचनको सन्दर्भमा सोमबार काठमाण्डुमा आयोजित प्रदेश नम्बर ३ स्तरीय सुरक्षा गोष्ठीलाई सम्बोधन गर्दै उनले निर्वाचनमा हुने बुथ कब्जा लगायतका अवाञ्छित गतिविधिलाई निरुत्साहित हुने गरी सुरक्षा व्यवस्थालाई सदृढ बनाउन पनि ढिलाई गर्न नहुनेमा जोड दिए ।
गृह मन्त्रालयको समेत कार्यभार सम्हालेका प्रधानमन्त्री देउवाले ‘चेन अफ कमान्ड’ भित्रै रहेर निर्वाचनमा उच्च सुरक्षा सतर्कता अपनाउन सुरक्षा निकायलाई सचेत गराए ।
प्रधानमन्त्री देउवाले निर्वाचनको सुरक्षा चुनौतीलाई सामना गरेर अघि बढने काममा सुरक्षा निकाय सफल भईरहेको भन्दै खुसी व्यक्त गरे । केही दिनयतादेखि देशका विभिन्न स्थानमा उम्मेद्वारलाई लक्षित गरी बम विस्फोटका घटना भइरहेपछि निर्वाचन सुरक्षालाई लिएर गम्भीर प्रश्न खडा भएको छ । – काठमाडौँ टुडे 
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी